नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १५ : २८
नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टर तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधामा छुट दिने भएको छ।

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य बैंकिङ सेवामा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टर तथा कर्मचारीले देशैभरिका नबिल बैंकका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन्।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका थिए।

सन् १९८४ देखि समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवा सुरु गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ।यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युग सुरु गर्नेतर्फ केन्द्रित छ।

प्रतिक्रिया दिनुहोस