एमाले सांसदद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १५ : २६
एमाले सांसदद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राष्ट्रिय सभामा पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

एमाले सांसद देवेन्द्र दाहालले बुधबार राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका हुन्। दाहालको प्रस्तावमा राष्ट्रिय सभा सदस्यहरु भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका छन्।

सरकारले १५ दिनमा एक पटक मूल्य समायोजन गर्न सकिने प्रवधानविरुद्ध गएर मूल्य बढाएको हुँदा मूल्यवृद्धि फिर्ताका लागि सरकारसँग माग गर्न  छलफल गर्नु पर्ने तथा मूल्य घटाउन सरकारले गरेको प्रयासबारे स्पष्ट खाका सरकारसँग माग गर्नुपर्ने भएकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको प्रस्तावमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस