यौन दुर्व्यवहार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १५ : २२
यौन दुर्व्यवहार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत २ छात्रालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा सोही कलेजका २ शिक्षक पक्राउ परेका छन्।शिक्षकहरू कागेश्वरी मनोहरा नगरपालिका-७  मूलपानीका ५१ वर्षीय राजन पौडेल र सोही नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ का ४७ वर्षीय जनार्दन अधिकारी गएराति पक्राउ परेका हुन्।

उनीहरूले कक्षा ११ मा अध्ययनरत १७ र १८ वर्षीया छात्रालाई बाल यौन दुरुपयोग गरेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही कलेजका विद्यार्थीहरू भेला भइ कलेज परिसरमै नारा जुलुससमेत गरेका थिए। 

जेठ ६ गते शुक्रबार कलेज प्रशासनमा पनि दुर्व्यवहार भएको अनौपचारिक जानकारी प्राप्त भएको कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले बताए। उनका अनुसार घटनाबारे पीडित छात्रा र अभिभावकसँग जेठ ९ गते छलफल गरी सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई बर्खास्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस