विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १२ : १९
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै अध्यक्ष मिश्रले पार्टीबाट राजीनामा दिएका हुन्। 

‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निःस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

 

प्रतिक्रिया दिनुहोस