काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले राजधानीबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका–८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् ।
उनलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
उनले अमेरिकाबाट सञ्चालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई विश्वासमा पारी ठग्ने गरेको प्रहरीको भनाई छ ।
नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई उनले २८ लाख ७९ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ