क्वाड सम्मेलनः एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर लगानी गरिने

एजेन्सी

मंगलबार, १० जेठ २०७९, १३ : ४१
क्वाड सम्मेलनः एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर लगानी गरिने

टोकियो । जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन् । जापानको राजधानी टोकियोमा जारी क्वाड शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमिओ किसिदाले सो जानकारी दिएका हुन् । 

‘हामी आगामी पाँच वर्षमा इन्डो–प्यासिफिक क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई सहयोग गर्न  ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने लक्ष्य राख्छौं’, प्रधानमन्त्री किसिदाले भने ।

क्वाड सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्टे«लियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी अल्बानिज टोकियोमा छन् । 

प्रतिक्रिया दिनुहोस