काठमाडौँ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि प्रहरीको टोली पुगेको थियो। त्यसपछि विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर