पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको विजयी सुनिश्चित

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ०७ : ३७
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको विजयी सुनिश्चित

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा (नेकपा एकीकृत समाजवादी पार्टी) का धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपनि आचार्यको जित सुनिश्चित भएको हो । 

पोखरा महानगरपालिकामा मंगलबार बिहानसम्म् १ लाख ३८ हजार २११ मत गणनासम्पन्न भएको छ । जसमा आचार्यले ५६ हजार ४७१ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् ।

पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो । यसआधारमा अब करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले ५३ सय बढीको मतान्तर बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस