तुल्सीपुर उपमहानगरपालिकामा कसको मत कति ?

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ०७ : ३२
तुल्सीपुर उपमहानगरपालिकामा कसको मत कति ?

काठमाडौं । दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मतपाएका छन् ।

यस्तै गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर १६८५ छ । 
यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरी २४ हजार ५७२ मत पाएर फराकिलो अग्रता बनाएकी छन् । यस्तै नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १७ हजार ३३३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस