खार्ल्युमको वंशावली पुस्तक प्रकाशन

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ११ : ५३
खार्ल्युमको वंशावली पुस्तक प्रकाशन

काठमाडौं । थुलुङ समुदायको​ राम्ल्युका ७ भाइमध्ये जेठो सन्तान खार्ल्युमको वंशावली पुस्तक प्रकाशन भएको छ। शनिबार चुस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर काठमाडौंको आयोजनामा उक्त पुस्तक चस्कुच्यो मुलिनेमका अध्यक्ष बलबहादुर थुलुङ, प्रमुख अतिथि डा.नवीन राई,विशिष्ट अतिथि डा.तारामणि राई लगायतले लोकार्पण गरेका थिए। 

यो पुस्तक चस्कुच्यो मुलिनेम उत्थान समाजले प्रकाशक गरेको छ। यसको मूल्य ५ सय मात्रै तोकिएको छ। यस पुस्तकमा थुलुङ समुदायको राम्ल्युको ७ भाइ भाइ छोरामध्ये जेठो सन्तानको वंशावली समेटिएको  सम्पादकले जनाएको छ।

यो वंशावली पुस्तकले भाषाको अध्ययन गर्न सहज हुने, प्रेरित गर्ने, गोत्रा, विहेबारी, वंशावलीलगायत कुराहरू थाहा पाउन सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस