क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा भीषण आँधीले दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् ।आँधीका कारण ढलेको रुखले किचेर ४ जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु भएको थियो ।
दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन, यातायात अवरुद्ध भएका र घरहरूमा क्षति पुगेको छ ।अग्नि नियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ जेठ २०७९, ११ : २२
लेखकबाट थप