चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र) का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ । प्रमुखमा माओवादी केन्द्रकी दाहाल ९ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३७७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएकी छिन् । प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका हुन् । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ ।
महानगरपालिकामा जित नजिक पुगेकी दाहाल यही महानगरको निवर्तमान मेयर समेत हुन् । उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । उनका निकट्तम प्रतिद्धन्द्धी सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन् । उनलाई राप्रपाले समर्थन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण