स्थानीय तह निर्वाचन

लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १७ : ४०
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित

लमजुङ । लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष निर्वाचित भएका छन् । बेँसीशहर नगरपालिका वडा ८ र दोर्दी गाउँपालिका वडा ७ मा महिला वडाध्यक्षमा विजयी भएका छन् ।

बेँसीसहर नगरपालिका ८ मा नेकपा एमालेकी पवित्रा थापा राना निर्वाचित भएकी छन् । उनले ७ सय २६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएकी हुन् । नागरिक लक्षित कार्यक्रम, महिला सशक्तीकरण, शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।

यस्तै, दोर्दी गाउँपालिका वडा ७ मा नेकपा एमालेकी रिसमाया गुरुङ निर्वाचित भएकी छन् । उनले ४ सय १९ मत ल्याएर आगामी ५ वर्षका लागि वडाध्यक्षमा चुनिएकी हुन् । 

प्रतिक्रिया दिनुहोस