चितवन। भरतपुरमा करेन्ट लागेर शिखर ईन्सुरेन्स कम्पनी कार्यरत कर्मचारीको मृत्यु भएको छ। भरतपुर- १० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे भरतपुर १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा संचालन रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी हुँदा पौडेलसंगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए।
उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। घाइते थापाको उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु