काठमाडौं । विश्व चर्चित पप गायिका मडोनालाई इन्स्टाग्रामले लाइभ जानबाट रोक लगाएको छ ।
इन्स्टामा सेयर गरेका फोटोका कारण यस्तो परिस्थिति उत्पन्न भएको हुनसक्ने मडोना स्वयंले जनाएकी छिन् । उनले इन्स्टाग्रामले आफूलाई लाइभ जान खोज्दा कम्युनिटी गाइडलाइन नमानेको भन्दै लाइभ गर्न नदिएको बताएकी हुन् । यसबाट आफू स्तब्ध भएको उनको कथन छ । इन्स्टाले यहाँ अरु पनि मानिस हुने र अरुको उपस्थितिको सम्मान गर्नका लागि पनि इन्स्टाको गाइडलाइन अनुसरण गर्न सन्देश पठाएको पनि उनले स्मरण गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १५ : ०८
लेखकबाट थप