सुनको मूल्य बढ्यो, प्रतितोला ५९ हजार पुग्यो

विहीबार, १० जेठ २०७५, १६ : १२
सुनको मूल्य बढ्यो, प्रतितोला ५९ हजार पुग्यो

काठमाडौं ।  बिहिबार सुनको मूल्य बढेको छ । तोलामा एक सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९ सय  रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने स्थिर छ । । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस