जनकपुर उपमहानगरमा काँग्रेसका बागी उम्मेदवार साहको अग्रता कायमै

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ०७ : ४६
जनकपुर उपमहानगरमा काँग्रेसका बागी उम्मेदवार साहको अग्रता कायमै

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएका छन्। साहले ९ हजार ७७४ मत प्राप्त गरेका छन् ।

एमालेका शिवशङ्कर साह ७ हजार ६०४ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी ३ हजार ९५८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

निवर्तमान मेयर सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३ हजार ३६१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ८५ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेकी छन्। उनले १० हजार ९९५ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्धन्द्धी रुणादेवी झा ले ८ हजार ६६१ मत प्राप्त गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस