पाल्पा । रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गरेका छन् । एक हप्तामा उनले एक लाख बराबरको सयपत्री फूल बिक्री गर्न सफल भएका छन् । अहिले उनको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् ।
वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गरेका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताए उनी भन्छन्, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।”
यसभन्दा अघि पनि फूलखेती गरेका थापा अहिले नसोचेको व्यापार हुँदा दङ्ग छन् । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हुँदा उनले यस पटक एक रोपनीमा खेती गरेका छन् । “छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपयलाई माला गाँस्न नभ्याएर फूलमात्रै पनि बिक्री गर्ने गरेको छु, यतिबेला फूल टिप्ने माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छ”, उनले भने ।
अहिलेसम्म रु एक लाखको व्यापार गरेका थापाको बगैँचामा अझै सो मूल्य बराबरको फूल रहेको छ । पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उनले बताए ।
प्रतिकिलो रु ५०० र प्रतिमाला रु १५० मा धमाधम बिक्री भइरहेको छ । अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियामा आम निर्वाचन : एक करोड ८० लाख मतदाता
बारको निर्वाचन भोलि, बिहान ८ बजेदेखि मतदान
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित