ललितपुर महानगर : ४४८९९ मत गणना सकियो, १० हजार बढी मतले चिरीबाबुको अग्रता

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ०६
ललितपुर महानगर : ४४८९९ मत गणना सकियो, १० हजार बढी मतले चिरीबाबुको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा शुक्रबार बिहानसम्म कुल ४४८९९ मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणमअनुसार नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । गठबन्धनको समर्थनमा मेयर उम्मेदवार उनले १० हजार बढी मतको अग्रता बनाएका छन् । 

महर्जनले २२७२३  मत पाउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२५१३ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादीका उम्मेदवारले ७९०० मत पाउँदा एमालेका उम्मेदवारले १२५२१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस