ललितपुरको बजेट साढे सात अर्ब

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १२ : १६
ललितपुरको बजेट साढे सात अर्ब

ललितपुर । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि रु। सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । मंगलबार बसेको नगर सभाको बैठकमा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गरेकी हुन्। उनका अनुसार चालुतर्फ रु। दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ रु। चार अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ ।

बजेटमा स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु। एक अर्ब ४१ करोड २७ लाख ९४ हजार र प्रदेश सरकारबाट रु। १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै, आन्तरिक आयबाट रु। तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ ।

महानगरबाट हुने विकास निर्माणमा जनसहभागिताबापत रु. आठ करोड ५० लाख प्राप्त हुने अपेक्षा गरिएको छ भने अन्तर सरकारी अख्तियारीबाट रु। ९५ करोड १५ लाख प्राप्त हुने अनुमान छ । विनियोजन बजेटका लागि नपुग हुने रु एक अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट बेहोरिने उपप्रमुख बज्राचार्यले उल्लेख गरिन् ।

नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घरघर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

यही असार ६ गतेको नगर सभाको पहिलो बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमका आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस