जुम्ला । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिए । जिल्लाको एकमात्र एक नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले विजयी हासिल गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । निर्वाचनमा जिल्लामा एमालेले कुनै पनि स्थानमा विजयी हासिल गर्न सकेनन् । सो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो ।
माओवादीले २०७४ मा तातोपानी, हिमा र गुठीचौरमा जितेको थियो । अहिले गुमाएको छ । कांग्रेसले चन्दननाथ नगरपालिका २०७४ मा जितेको थियोे अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । जिल्लामा कांग्रेसले पाँचस्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक