पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यलाई २१ सय बढी मतको अग्रता

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ०७ : ५५
पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यलाई २१ सय बढी मतको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ । पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस