भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेसका पोखरेल र उपमेयरमा राप्रपाकी कार्की निर्वाचित

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ०६ : ४८
भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेसका पोखरेल र उपमेयरमा राप्रपाकी कार्की निर्वाचित

झापा । स्थानीय तह निवार्चन २०७९ अन्तर्गत झापाको भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।  १२ हजार ५ सय २५ मतका साथ  कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदवार असारु राजव‌ंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन्।

उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेकपा  माओवादी केन्द्रका उम्मेदवार शिवकुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस