काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजीपी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साबाट खाता खोलेको छ।पर्साको पोखरिया नगरपालिकाको ९ नम्बर वडामा सुशासन पार्टीका वडाध्यक्षका उम्मेदवार नौसाद आलम विजयी भएका छन्।
आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ८७ मत ल्याए। पोखरिया नगरपालिकाको प्रमुखमा पनि सुशासन पार्टीले नकेपा एमालेलाई पछ्याइरहेको छ। एमालेका उम्मेदवार प्रदुमनप्रसाद चौहानले २ हजार ९ सय ५७ मत ल्याएका छन्। २ हजार २ सय १६ मत ल्याएर सुशासन पार्टीका शंकर राउत अहिरले उनलाई पछ्याइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १५ : ४५
लेखकबाट थप