भारतमा प्रदुषणबाट एक वर्षमा २३ लाखको मृत्यु

एजेन्सी

बुधबार, ०४ जेठ २०७९, १५ : ४१
भारतमा प्रदुषणबाट एक वर्षमा २३ लाखको मृत्यु

एजेन्सी । भारतमा सन् २०१९ मा प्रदुषणका कारण २३ लाख मानिसको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ ।

भारतको प्रदुषण र स्वास्थ्य सम्बन्धी आयोग ल्यान्सेटले सार्वजनिक गरेको तथ्याङ्कमा १६ लाख व्यक्तिको वायु प्रदुषणका कारण मृत्यु भएको र ५० हजार भने जल प्रदुषणको शिकार भएको उल्लेख छ ।

भारतमा वायु प्रदुषणबाट हरेक वर्ष १० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । सन् २०१५ मा भन्दा सन् २०१९ मा ३४ प्रतिशतले प्रदुषण वृद्धि भएको जनाइएको छ ।

भारतमा सवारी साधनको अत्यधिक चापले वर्षेनी प्रदुषणको मात्रा बढ्दै गए पनि यसमा सरकारले ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस