स्थानीय तह निर्वाचन

देउखुरीको गढवामा माओवादी केन्द्रका उम्मेदवार विजयी

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १२ : ४३
देउखुरीको गढवामा माओवादी केन्द्रका उम्मेदवार विजयी

देउखुरी । देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजीत डीसीले ६ हजार १६७ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३०मत ल्याए । 

प्रतिक्रिया दिनुहोस