काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन् । एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘अन्ततः एमालेले लामो निरर्थक संसद अबरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पथ्र्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्यो । राम्रो गर्यो ।’
एमालेले यसरी नै आत्मसमिक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन् । ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गंभीर आत्म्ससमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ