धनगढीमा २३ हजार २२३ गणना हुँदा स्वतन्त्र उम्मेदवारले पाए १० हजार बढी मत

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०७ : २८
धनगढीमा २३ हजार २२३ गणना हुँदा स्वतन्त्र उम्मेदवारले पाए १० हजार बढी मत

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । बुधबार बिहानसम्म २३ हजार २२३ गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन् । 

यस्तै काँग्रेसका नृपबहादुर वडले ५१६६ मत तथा एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् ।  यस्तै उपमेयरमा माओवादीकी शान्ति अधिकारीले ४६८८ मत ल्याउँदा एमालेकी कन्दकला रानाले ४२४६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पनि  २६४२ मत पाएका छन् ।