पोखरा महानगरपालिका धनराजले अग्रता बनाउँदै, कसको कति मत ?

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०६ : ४१
पोखरा महानगरपालिका धनराजले अग्रता बनाउँदै, कसको कति मत ?

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेको छ ।

बुधबार बिहानसम्म २९६०१मतपत्र गणना हुँदा मेयरका उम्मेदवार आचार्यले १२४०० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार १०५९९ मत पाएका छन् । 

यस्तै शंकर खरालले १३१९ मत उपमेयरतर्फ भने काँग्रेसका उपमेयर उम्मेदवारले १२६९६ मत र एमालेका उम्मेदवारले १२०९१मत पाएका छन् ।