चितवन-३ : प्रचण्ड निरन्तर अगाडि, मतान्तर ४६३४

आइतबार, २४ मंसिर २०७४, १५ : ३८
चितवन-३ : प्रचण्ड निरन्तर अगाडि, मतान्तर ४६३४

चितवन । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर तीनमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाफ्नाे अग्रतालाई निरन्तरता दिएका छन् । अहिले प्रचण्ड विपक्षी उम्मेदवारभन्दा चार हजार ६ सय ३४ मतले अगाडि छन् ।

प्राप्त पछिल्लाे मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्डले २० हजार सात सय ४६ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दी बिक्रम पान्डेले १६ हजार एक सय १२ मत प्राप्त गरेका छन् । अहिले मतान्तर चार हजार ६ सय ३४ पुगेको छ । अहिलेसम्म कुल ४० हजार ६ सय ९० मतगणना भएको छ । क्षेत्र नम्बर तीनमा कूल ९३ हजार अाठ सय २६ मत खसेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस