पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै, ८६९ मत उछिन्न प्रयासरत एमाले उम्मेदवार

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०७ : ५६
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै, ८६९ मत उछिन्न प्रयासरत एमाले उम्मेदवार

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ७ हजार ४१४ मत प्राप्त ग्रेक्ँ छन् भनेएमालेका उम्मेदवार कृष्णबहादुर थापाले ६ हजार ५४५ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले ८६९ मतले अग्रता लिएका छन् । 

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ७ हजार ६३३ मतसहित अगाडी छन् भने  एमालेका मञ्जुदेवी गुरुङले ७ हजार ४३८ मतसहित पछ्याईरहेकी छिन् ।

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस