काठमाडौँ । रोल्पाको परिवर्तन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सुकबहादुर बुढा तीन हजार ३११ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत मात्र प्राप्त गरे । यो पालिकामा नेकपा एमालेले भने अध्यक्षमा उम्मेदवारी दिएको थिएन।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा