सप्तरी । राजविराज नगरपालिका वडा नं १ ,२ र १६ मा जनता समाजवादी पार्टीका अध्यक्ष उमेदवार विजयी भएका छन्। वडा नं १ को वडा अध्यक्षमा जसपाका चन्दर चौधरी र वडा नं २ मा जसपाकै अरूण कुमार यादव विजयी भएका हुन् ।
राजविराज नगरपालिका १६ मा जसपाकै रामएकबाल यादव विजयी भएका छन्। अरूण र चन्दर दोस्रो पटक अध्यक्ष पदमा विजयी भएका हुन्।२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए भने अरूण जसपाबाटै निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ११ : १८
लेखकबाट थप