काठमाडौं । काठमाडौ महानगरको मेयरको मतपरिणाममा स्वतन्त्र उम्मेदवार बालेन साह नै अग्र स्थानमा छन्। उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता कायम छिन्। स्वतन्त्र उम्मेदवार साहले मतगणना शुरु भएयता कसैलाई उछिन्न दिएका छैनन।
पछिल्लो परिणाम अनुसार बालेन ६ हजार ४ सय ८६ मत प्राप्त गरेर अग्रह स्थानमा छन्। उनलाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ३ हजार ४ सय १३ मत मात्र पाएका छन्। यी दुई बीचको मतान्तर हेर्दा आजको दिनको मतगणनामा पनि बालेनले नै नेतृत्व गर्ने देखिएको छ।
सत्तारुढ गठबन्धनका तर्फबाट उठेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा विस्तारै अघि बढिरहेकी छिन्। उनले अहिलेसम्म ३ हजार ९ मत प्राप्त गरेकी छिन्। चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ४ सय २१ मत प्राप्त गरेका छन्।
यसैगरी उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुदेखि नै अग्रता लिइरहेकी छिन्। मेयरका प्रतिद्धन्दीहरुबीचको मतान्तर भन्दा उपमयेरका प्रतिद्धन्दीहरुबीचको मतान्तर धेरै छ। सोमबार बिहानको पछिल्लो मतगणना अनुसार सुनिताले ३ हजार ३ सय ८४ मत पाएकी छिन्। उनका प्रतिद्धन्दी नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेका छन्।
यो तथ्याङ हेर्दा उपमेयरमा सुनिता डंगोलको निरन्तरता कायम हुने देखिन्छ । उपमेयरको तेस्रो र चौथो स्थानमा क्रमशः राप्रपाकी विनिता मगैयाले ७ सय ६० र विवेकशील साझाकी कीर्ति तुलाधरले १ सय ५७ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर