यस्तो छ लुम्बिनीमा बुद्धपूर्णिमाको तयारी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १३ : ३०
यस्तो छ लुम्बिनीमा बुद्धपूर्णिमाको तयारी

काठमाडाैँ । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६६ औँ बुद्ध पूर्णिमाको तयारी पूरा भएको छ। बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी सिँगारेर झकिझकाउ पारिएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन भाेलि (सोमबार) आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक सबैजसो तयारी पूरा भएको जनाएको छ।भौतिक संरचना निर्माण र सजावटका साथसाथै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिँगार्ने काम पूरा भइसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

 

लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि आइतबार पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले र परराष्ट्रमन्त्री आउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस