लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १२ : १०
लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौँ । लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

बैंकले रु.१,०००/– अंकित दरको १०,००,००० कित्ताले हुन आउने रु. १,००,००,००,०००/– (अक्षरुपी १ अर्ब) रकम बराबरको ‘११% एलबिबिएल डिबेञ्चर २०८९’ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११ प्रतिशत छ । 

बिक्री प्रबन्धन नियुक्ति सम्बन्धी सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।  प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृति पछि निश्काशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस