चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ को ७ सय मत गन्दा दाहालले १३७३ मत प्राप्त गरेका छन् ।
सुस्त गतिमा भइरहेको मत गणनामा अहिले ३९७६ मत अहिले सम्म गनिएको छ । जसको मत परिणाम अनुसार रेनु दाहालको १३७३ र उनका निकटतम प्रतिष्पर्धी विजय सुवेदीले को १३०५ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७१ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले १५४२ मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपाका उम्मेदवार हिमला गुरुङले १०३५ मत प्राप्त गरेका छन् । त्यस्तै वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले २९३ र एमालेका उम्मेदवारले ३०४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना