चितवन । भरतपुर महानगरको वार्ड नम्बर १ मा ५ दलिय गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार केशव महर्जन निर्वाचित भएका छन ।
महर्जनले १३९७ मत ल्याउदैं जित हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका सूर्य श्रेष्ठले १३१३ मत पाउन सफल भए । यो वडामा कुल मतदाता ५०७४ भएपनि ३२७६ मत खसेको थियो ।
भरतपुर–१ को अन्तिम मतपरिणाम आउदा मेयरमा रेनु दाहालले १२०८ मत ल्याउदैं अग्रता कायम राखेकी छिन् । त्यस्तै उनलाई दोश्रो स्थानमा पछ्याउदैं एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत प्राप्त गर्न सफल भएका छन् । त्यस्तै, काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४३० मत पाएका छन् ।
त्यसैगरि, उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले १३६२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी राप्रपा उम्मेदवार हिमला गुरुङले ८७७ मत प्राप्त गरि पछ्याईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान