चितवन । भरतपुर महानगरको वार्ड नम्बर १ मा ५ दलिय गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार केशव महर्जन निर्वाचित भएका छन ।
महर्जनले १३९७ मत ल्याउदैं जित हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका सूर्य श्रेष्ठले १३१३ मत पाउन सफल भए । यो वडामा कुल मतदाता ५०७४ भएपनि ३२७६ मत खसेको थियो ।
भरतपुर–१ को अन्तिम मतपरिणाम आउदा मेयरमा रेनु दाहालले १२०८ मत ल्याउदैं अग्रता कायम राखेकी छिन् । त्यस्तै उनलाई दोश्रो स्थानमा पछ्याउदैं एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत प्राप्त गर्न सफल भएका छन् । त्यस्तै, काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४३० मत पाएका छन् ।
त्यसैगरि, उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले १३६२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी राप्रपा उम्मेदवार हिमला गुरुङले ८७७ मत प्राप्त गरि पछ्याईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण