कोरोना अपडेट : थप २ जनामा संक्रमण, १६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १७ : ०१
कोरोना अपडेट : थप २ जनामा संक्रमण, १६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण २ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार १ हजार २५४ जनामा कोरोना परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । 

पछिल्लो समय १६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० जना रहेका छन् ।