काठमाडौं । हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ ।
मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुकवार राती नै हुने बताए ।
नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने निर्णय भएको छ ।
कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ अर्थात् खसेको मतको ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङको बिकट नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, २२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु