काठमाडौँ । पछिल्लो केही दिनदेखि देशभर आंशिक देखि सामान्य बदली रहेकोले दिनहुँ जसो वर्षा भईरहेको छ। आज चुनावका दिन पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेकोले पछिल्ला केही दिन दिनहुँ वर्षा भईरहेको छ। आज लुम्बिनी र प्रदेश १ का एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन – चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?