अन्तिम नतिजा : चितवन प्रदेश सभा दुई क

चितवनमा वाम गठबन्धनको विजयी सुरुवात

आइतबार, २४ मंसिर २०७४, १४ : ००
चितवनमा वाम गठबन्धनको विजयी सुरुवात

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको दोस्रो चरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते मतदान भएको चितवन जिल्लामा मतगणनाको अन्तिम नतिजा आउन सुरु भएको छ । मतगणना सकिएको चितवन निर्वाचन क्षेत्र नम्बर दुई क प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवार घनश्याम दाहाल अविनाश विजयी भएका छन् ।


प्राप्त मतगणना परिणाम अनुसार, वाम गठबन्धनका घनश्याम दाहालले २० हजार तीन सय ८१ मत ल्याएर प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । उनका नकिटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका जितनारायण श्रेष्ठले १५ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । प्राप्त मतपरिणाम अनुसार दाहालले श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरेका हुन् ।

तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनको विजयी सुरुवात भएको छ । सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस