कोरोना अपडेट : थप ४ जनामा संक्रमण पुष्टि, १८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १६ : ३९
कोरोना अपडेट : थप ४ जनामा संक्रमण पुष्टि, १८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ जना र ३ सय ५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १ सय ७३ जना संक्रमितहरु आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस