दमकका राप्रपा उम्मेदवार राम थापा अस्वस्थ, उपचार हुँदै

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १४ : ५९
दमकका राप्रपा उम्मेदवार राम थापा अस्वस्थ, उपचार हुँदै

काठमाडौं । राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार अकस्मात अस्वस्थ भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

उनी बिहीबारदेखि प्रतिष्ठानमा उपचाररत छन्। राप्रपाका पुराना नेता थापालाई विगतदेखि नै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए।उनले भने, ‘चुनाव प्रचारका क्रममा खानपिन समयमा भएन। धपेडी धेरै भयो। त्यसैले समस्या आएको हो।शनिबारसम्ममा अस्पतालबाट उनी डिस्चार्ज हुने अपेक्षा रहेको उनले जानकारी दिए।

अस्पतालले थापामा एपेन्डिसाइटिसको समस्या रहेको जानकारी गराएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशसञ्चारलाई बताए।उनले भने, ‘तुरुन्त शल्यक्रिया गर्नु नपर्ने भए डिस्चार्ज हुने अस्पतालले जनाएको छ। तर त्यस्को निर्णय आज अबेरसम्म हुन्छ भन्ने चिकित्सकहरूले बताएका छन्।’

 

facebook sharing button

twitter sharing button

email sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस