काठमाडौं । दाङमा पानी परेपछि मतदानस्थलको तयारी प्रभावित भएको छ।
विद्यालयको प्राङ्गणमा मतदानको लागि लाइन लाग्ने स्थान बनाउने काम पानीका कारण प्रभावित भएको हो।दाङको देउखुरी उपत्यकामा पानी परिरहेको छ। मतदानस्थलमा पानी जमेको छ। दाङमा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र छन्।मतदानको दिन पनि पानी परे मतपेटिका कक्षा कोठामा सुरक्षित गरेर त्यहीँ मत खसाल्ने व्यवस्था मिलाउने तयारीमा मतदान अधिकृत लागेका छन्।
मतदानका दिन पानी पर्ने सम्भावना रहेको मौसम विदहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १४ : ५३
लेखकबाट थप