नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला रिहा, सोधपुछ पछि रिहा गरिएको प्रहरीको भनाई

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १० : ३४
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला रिहा, सोधपुछ पछि रिहा गरिएको प्रहरीको भनाई

काठमाडौं । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् ।  दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।

चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले  बिहीबार विज्ञप्ति जारी गर्दै  तत्काल रिहा गर्न माग गरेका थिए । 

नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस