प्युठानमा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच झडप

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, ०७ : ५६
प्युठानमा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच झडप

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको मौनअवधि उलंघन गरेको भन्दै प्यूठानमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सरुमारानी गाउँपालिका ३ हशंपुरमा एमाले र गठबन्धनका कार्यक्रताबीच झडप हुँदा चार जना घाइते भएका छन् । 

प्रहरीका अनुसार झडपमा एमालेका टेकबहादुर मर्स्याङ्दी मगर, भुवनसिंह लामटारी र शंकर बिक सामान्य घाइते भएका छन् । त्यस्तै गठबन्धनका रमेश राना पनि दुई बताइएके छ । 

यसैबीच मौन अवधिमा एमाले सरुमारानी गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर बिश्वकर्मासहितको समूहले पालिका वडा नं ३ हशंपुरमा चुनावी प्रचार गरिरहेकोले त्यसलाई रोक्न खोज्दा गठबन्धनका कार्यकर्तामाथि कुटपिट गरेको गठबन्धनद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ । 

तर, एमाले सरुमारानी गाउँपालिका निर्वाचन परिचालन समिति संयोजक मोहमद हलिम हलुवाइले भने  आचारसंहिताविपरीत कार्य गर्ने गठबन्धनलाई रोक्न खोज्दा झडप भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस