विप्लवबाट फुटेको पार्टीका संयोजक धर्मेन्द्र पक्राउ

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, ०७ : २६
विप्लवबाट फुटेको पार्टीका संयोजक धर्मेन्द्र पक्राउ

काठमाडौं । नेकपा (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

बिहीबार बिहान उनी दाङको भालुवाङबाट पक्राउ गरेका हुन् । 

चुनावमा सहभागी नहुने पक्षमा रहेको बास्तोलाको समूहले हालै विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएर नेकपा बहुमत बनाएको थियो । 

बास्तोला दाङस्थित घरतर्फ जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको एक नेताले जानकारी दिए ।

सो पार्टीले संयोजक पक्राउको विरोध गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस