काठमाडौं । दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ । दैलेखको भैरवि गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ । आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अचेत अबस्थामा रहेकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मीको रेसुङगा नगरपालिका–१४ छल्दिपना खोलामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन् । डुबेर मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदम सामतको छोरा १७ वर्षीय अनिल सामत र जित बहादुर सामतको छोरा १३ वर्षीय सुधन सामत रहेका छन् ।
माछा मार्न गएकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु