निर्वाचनका लागि लिमीमा सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १० : ३८
निर्वाचनका लागि लिमीमा सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना

 काठमाडौं ।दुुई दिनपछि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको सेक्सन अप्रेटिङ बेस नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीमा स्थापना गरिएको छ।

निर्वाचनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सेनाले सो बेस स्थापना गरेको हो।बराह दल गुल्म रानी वनका गुल्मपति गणेश खड्काले लिमीको हल्जी गाउँमा सेक्सन अप्रेटिङ बेस बुधवारबाट खडा गरिएको बताए।

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिका सम्पन्न गर्न सेनाको बेस राखिएकाे छ।बेसमा बम डिस्पोजल गर्न विज्ञसहितको सेक्सन तहको फौज तैनाथ गरिएको छ। त्यसैगरी, निर्वाचनका बेला हुन सक्ने अवान्छित क्रियाकलाप हुन नदिनका लागि सेवाको टोली लिमीमा बसेको हो।

नेपाली सेनाको बेल हेलिकोप्टरबाट तीन उडान भरेर सेनालाई लिमी झारिएको हो। निर्वाचन अबधिभर सेनाको सो बेस लिमीमै बस्नेछ भने निर्वाचन सम्पन्नपश्चात गणनास्थल गाउँपालिका केन्द्र याल्वाङ आउनेछ।सेनाको यो कार्यले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न टेवा पुग्ने विश्वास सेनाले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस